च्याम्पियन जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । पाँच खेलबाट १० अंक […]

