काठमाडौं । दशैं–तिहारको अवसरमा बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ । यस अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा रु. ४१,४०० सम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
बेकोका उत्पादनहरूमा १००५ पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी, साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ।
यस योजना अन्तर्गत वासिङ्ग मेसिनको खरिदमा ६ के जी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सकिनेछ । त्यस्तै फ्रि स्टयान्डिङ्ग ओभनमा सी जी को प्रेसर कुकर र एयर कन्डिस्नरमा भने नि शुल्क जडानको सुबिधा पाइने कम्पनीले जनाएको छ ।
यस अफरलाई सी जी इलेक्ट्रोनिक्स मार्फत नेपालभरका सि जी को शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको छ । ग्राहकहरूलाई थप सहज बनाउन इ एम आइ र एक्सचेन्ज सुविधासहित विभिन्न योजनाहरू समेत लागू गरिएको छ। जसमा सजिलै इएमआइमा बिना झन्झट केबल नागरिकताको भरमा लिन सकिने जनाइएको छ ।
यो अफर यहि भाद्र १९ गते देखि नेपालभरका सबै सि जी का शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ ।


