CLI

वाणिज्य बैंकहरुमा करिब ४६ अर्बको गैरबैंकिङ सम्पत्ति, १२ वटाको बढ्दा ७ वटाले घटाए

काठमाडौं । अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंकहरुमा परेको छ । फलस्वरुप वाणिज्य बैंकहरुको गैर बकिङ सम्पत्ती आर्थिक वर्ष २०८२\८३ को १० महिनसम्मा ४५ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाखसम्म गैर बैकिङ सम्पत्ती ४५ अर्ब ९९ करोड ५० लाख रुपैयाँ पुगेको छ।

२० वाणिज्य बैंकमेध्य १९ बैंकसंग मात्र उक्त सम्पति रहेको छ । यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर बकिङ सम्पत्ती शून्य रहेको छ ।

१९ वाणिज्य बैंक मध्य ७  बैंकको गैर बैकिङ सम्पति घटेको छ भने १२ वटा बैंकको बढेका छन् । चालु आवमा सबै भन्दा बढी गैर बैकिङ सम्पत्ती हिमालयान बैंक रहेको छ । बैंकको उकत सम्पत्ती १८.०९ प्रतिशतले बढेर ६ अर्ब ५ करोड ७० लाख पुगेको छ । गत वर्ष ५ अर्ब १२ करोड ९० लाख थियो ।

त्यसगरि, प्राइम कमर्सियल बैंकको गैर बैकिङ सम्पती ११० प्रतिशतले भन्द बढीले बढेको छ ।

माछापुच्छ्रे बैंकको गैर बैंकिङ सम्पति ३६.३३ प्रतिशत घटेको छ । गत आवको बैशाखमा बैंक संग ९६ करोड ७०  रुपैयाँ थियो भने चालु आवमा ६४ करोड २० लाख  मात्र रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको उकत सम्पती २०.१६ प्रतीशतले घटेको । बैंकको चालु आवमा ४९ करोड ८० लाख रुपैयाँ गैर बैङकिङ सम्पती रहेको छ । गत आवको सोहि आवधिमा बैंक संग ६२ करोड ३० लाख रुपैयाँ थियो ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा २३ करोड ३६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा नेपाल बैंकमा गैरबैंकिङ सम्पत्ति १४.४७ प्रतिशतले बढेको छ।

 

Leave Your Comment

Related News