Global College

रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छन् ।

शुक्रबार बिहान शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए  ।

प्रधानमन्त्री वालेन्द्र ‘शाह’ बालेनले आफ्नो भारत भ्रमणमा जानुअघि र विदेशबाट फेर्केपछि राष्ट्रपतिसँग परामर्श नरेको भन्दै आलोचना भइरहेको समयमा लामिछानेले राष्ट्रपतिलाई भेटेका हुन् ।

हिजो मात्र प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच ५ घण्टा भेटवार्ता भएको थियो ।

NECO

Leave Your Comment

Related News