RE
Global College

भारत-नेपाल कृषि सहकार्य: नार्कलाई चार जातका उखुका जर्मप्लाज्म हस्तान्तरण

काठमाडौं ।  नेपाल र भारतबीचको कृषि सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भारतीय राजदूतावासले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई चार जातका उखुका जर्मप्लाज्म हस्तान्तरण गरेको छ।

कृषि अनुसन्धान तथा विकासमा द्वपक्षीय सहकार्यप्रति भारतको प्रतिबद्धता पुनः दोहोर्‍याउँदै भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी) श्री निशाले नार्क परिसरमा आयोजित एक कार्यक्रमका बीच नार्कका अधिकारीहरूलाई उक्त जर्मप्लाज्म हस्तान्तरण गर्नुभयो। भारतको लखनऊस्थित भारतीय उखु अनुसन्धान संस्थानबाट ‘CoLk 16202’, ‘CoLk 16470’, ‘CoS 17321’ र ‘CoS 18321’ जातका जर्मप्लाज्म उपलब्ध गराइएको हो।

यस पहलले नेपालमा उखु अनुसन्धान तथा उत्पादकत्व वृद्धिका प्रयासहरूमा सहयोग पुर्‍याउनुका साथै किसानहरूको हितका लागि दुई देशबीचको कृषि साझेदारीलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

NECO

Leave Your Comment

Related News