काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार (असोज २७) दिउँसो थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।
विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा डा. वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।




