RE
Global College

दसैँका लागि ३ दिनमा १ लाख ३० हजारले लिए अग्रिम टिकट

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौंका विभिन्न नाकाहुँदै मंगलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको जानकारी दिए।

घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनको प्रयोग गरेर १ लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार २५ असोजमा ५२ हजार ८२७, २६ असोजमा ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।

२३ असोजमा अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमा रोकिँदा समस्या भएको थियो।

हालसम्म १ लाख ३० हजार १२९ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार २३ असोजमा २१ हजार ३००, २४ र २५ असोजमा ७६ हजार ७९, २६ असोजमा १७ हजार १९७ र २७ असोजमा १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। काठमाडौंबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाकाहुँदै यात्रु बाहिरिएका हुन्।

दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए।

NECO

Leave Your Comment

Related News