Global College

पश्चिमी वायुको प्रभावले मौसम आंशिक बद्ली, उच्च पहाडी भेगमा हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक–दुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज सोमबार देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ। महाशाखाले चक्रवात मुरासुबारे पनि विशेष बुलेटिन जारी गर्दै उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको जनाएको छ ।
मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणको आधारमा आइतबार बिहान ११ः४५ बजे दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको मध्यपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी मुरासु बनेको हो ।

सोमबार मध्यपश्चिम बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ । यो प्रणाली निरन्तर पश्चिम–उत्तरपश्चिमातर्फ अघि बढ्दै कार्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा पर्ने नेल्लौर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।

NECO

Leave Your Comment

Related News