Global College

युनिलिभर नेपालको लाभांश घोषणा , बुकक्लोज कहिले?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड ले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक १३ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई बाँडफाँट गर्नेछ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

 

NECO

Leave Your Comment

Related News