Global College

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपटक पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १५ गते आइतबार अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको १८३औं बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले संस्थाले गत आर्थिक वर्ष २०८२/०८३ बाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव शिव प्रसाद ज्ञवालीले जानकारी दिएका छन्। यस कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यसयता कम्पनीले हालसम्म कुनै पनि लाभांश वितरण गरेको छैन । अर्थात् पाँच वर्षदेखि कम्पनीले लाभांश वितरण नगरेको हो ।

साथै सोही बैठकले कम्पनीको असार मसान्तसम्मको वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

NECO

Leave Your Comment

Related News