Global College

मकर जितुमाया सुरीले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ७६ करोड रुपैयाँको १३ प्रतिशत अर्थात् ९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.६८४२ प्रतिशतका दरले ५२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित बोनस शेयर तथा नगद लाभांश विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ ।

NECO

Leave Your Comment

Related News