Global College

राष्ट्र बैंकद्धारा हिमालयन बैंकमाथि कारबाही, तोकियो जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान मिचेकोमा हिमालयन बैंकमाथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा हिमालयन बैंकमाथि कारबाही गर्दै नगद जरिवाना गरेको हो। यो त्रैमासमा राष्ट्र बैंकको कारबाही भोग्ने हिमालयन एउटामात्रै वाणिज्य बैंक हो।

राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले गत भदौ ३ गते (१ दिन)का लागि दैनिक रुपमा केन्द्रीय बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम गर्न सकेन। सोही कारण पहिलोपटकलाई हिमालयन बैंकलाई ४ लाख २६ हजार ८८४.९९ रुपैयाँ नगद जरिवाना लगाइएको राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जनाएको छ।

NECO

Leave Your Comment

Related News