Global College

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनी अपरान्ह ३ बजे शीतल निवास पुगेका हुन्।

भेटवार्ताका क्रममा प्रधानमन्त्री बालेनले राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा जानकारी गराएका थिए ।

साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।औपचारिक भारत भ्रमणअघि राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै प्रधानमन्त्री बालेनको आलोचना समेत भएको थियो । भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्रीअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गरेका थिए । सरकारले राष्ट्रपति कार्यालय पठाएको विभिन्न अध्यादेश विचाराधीन छ ।

NECO

Leave Your Comment

Related News