CLI

गृह मन्त्रालय फर्किंदै सुधन गुरुङ, आजै शपथको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गुरुङलाई गृहमन्त्री नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। उनको शपथ ग्रहण आजै गराउने तयारी गरिएको छ।

सचिवालयका अनुसार शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई आवश्यक पत्राचार गरिसकिएको छ। आज अपराह्न ३ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने तयारी रहेको बताइएको छ।

गुरुङ यसअघि विवादमा तानिएपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले उनीमाथि लगाइएका आरोपबारे अनुसन्धान गरेको थियो।

समितिले गुरुङलाई सफाइ दिएको निष्कर्ष सार्वजनिक गरेपछि उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको स्रोतले जनाएको छ।

गुरुङको पुनरागमनसँगै गृह मन्त्रालयको नेतृत्व फेरि उनैले सम्हाल्ने भएका छन्। सरकारले यसबारे औपचारिक घोषणा भने शपथ ग्रहणपछि गर्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News