CLI

मञ्जुरीबिना खाता दुरुपयोग भयो  धितोपत्र बोर्ड सम्बन्धि कसुरमा दीपक भट्टको बयान

काठमाडौं ।  दीपक भट्टले  नेपाल धितोपत्र बोर्डको जाहेरीको आधारमा नेपाल सरकारले दायर गरको मुद्दामा मञ्जुरीबिना खाता दुरुपयो भएको बयान दिएका छन् ।   उनले  धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुर मुद्दामा प्रतिवादी दीपक भट्टले आफ्नो संलग्नता अस्वीकार गरेका छन्। सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गतको कसुर बीमा सम्बन्धि कसुर, धितोपत्र र ङ्ग कसूरको मुद्दामा थुनाम रहेका दीपक भट्टले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई  दिएको भट्टको  बयान उनले सो कुरा उल्लेख गरेको छ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई   दिएको बयानमा उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान दिने क्रममा मात्र आफूले यी कारोबारहरुबारे थाहा पाएको दाबी गर्दै भट्टले आफ्नो नामको खाता दुरुपयोग गरी आफूलाई क्षति पुर्‍याइएको बताएका छन्। भट्टका अनुसार उनको एकल स्वामित्वमा ४८ करोड रुपैयाँ चुक्ता पुँजी भएको इन्फिनिटी होल्डिङ्स प्रालि रहेको छ, जसको हिमालयन रि-इन्स्योरेन्समा ४.५ प्रतिशत तथा नेपाल माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा १५/१५ प्रतिशत सेयर स्वामित्व छ। यसका साथै इन्फिनिटी होल्डिङ्सअन्तर्गत हिमालयन एसेट म्यानेजमेन्ट कम्पनी र इन्फिनिटी इन्फ्रास्ट्रक्चर कम्पनीलगायतमा उनको लगानी रहेको छ भने उनकी श्रीमतीको नाममा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमा सेयर रहे पनि हाल त्यसको निश्चित प्रतिशत यकिन हुन सकेको छैन। भट्टले सेयर कारोबारका लागि आफूले भृकुटी स्टक ब्रोकिङ प्रालि (ब्रोकर नं. ५५) मा मात्र एउटा खाता खोलेको र सोबाहेक अन्य कुनै व्यक्ति वा संस्थाको नाममा डिम्याट , टीएमएस वा बैंक खाता प्रयोग नगरेको स्पष्ट पारेका छन्।

२०८२ साउन २ गते सानेपास्थित इन्फिनिटी होल्डिङ्सको कार्यालयमा भृकुटी ब्रोकरका प्रतिनिधि र भट्टबीच एउटा सम्झौता भएको थियो, जसमा सन्दिप चाचन अग्रवालले आफ्ना कर्मचारी पठाएर हस्ताक्षर गराएका थिए। भट्टले कारोबार गर्ने मनसायले सम्झौता गरे पनि कार्यान्वयनका लागि कुनै आदेश वा सहमति नदिएको र सम्झौता कार्यान्वयन हुन मेरो पूर्वस्वीकृति, निर्देशन र २५ प्रतिशत अग्रिम कोल्याट्रल भुक्तानी हुनुपर्नेमा मेरो खाताबाट ब्रोकरकहाँ कुनै रकम नगएको र सेयर बिक्री गर्दा चाहिने ईडीआईएस समेत नगरिएकाले यो सम्झौता कार्यान्वयन नै नभएको जिकिर गरेका छन्। सुरुमा फोनको एसएमएस ) नोटिसमा ध्यान नदिँदा सामान्य लापरवाही भएको र पछि यसबारे जानकारी पाएपछि आफूले सन्दिप चाचनलाई कार्यालयमा बोलाएर केरकार गर्दा निजले आफ्नो गल्ती स्वीकार गर्दै आफू नै वास्तविक धनी भएको र यो कारोबार राफसाफ गर्ने वचन दिएको भट्टले बयानमा खुलाएका छन्।

अनुसन्धानका क्रममा भट्ट र उनको लगानी रहेका कम्पनीहरुको टीएमएस  खाता चलाउँदा एउटै कार्यालयको आईपी एड्रेस  प्रयोग भएको तथ्य खुलेको छ। भट्टले बजारमा अप्राकृतिक ढङ्गले सेयर मूल्य बढाउने र त्यसपछि ‘डम्प’ गर्ने वास्तविक लगानीकर्ता को-को हुन् भन्ने कुरा ब्रोकरको खातामा पैसा पठाउने र मूल्य वृद्धिबाट लाभ लिने व्यक्ति वा संस्थाको पहिचान गरेपछि मात्र खुल्ने बताएका छन्। आफूलाई ब्रोकरबाट धोका र जालसाजी भएको उल्लेख गर्दै भट्टले डिबेन्चर खरिद-बिक्रीको निर्णय कुन सञ्चालक समिति, व्यवस्थापन वा लगानी समितिको प्रभावमा परेर गरियो भन्नेबारे विस्तृत अनुसन्धान गर्न र डिजिटल फुटप्रिन्ट हेरी वास्तविक दोषी पत्ता लगाउन माग गरेका छन्।

Leave Your Comment

Related News