CLI

काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन प्रविधिसँग  जोड्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रममा वातावरण तथा सरसफाई नीतिलाई  प्रविधिसँग  जोड्ने भएको छ।

आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरले फोहोरमैला व्यवस्थापनलाई अनलाइन एपको माध्यमबाट सुचना तथा विवरण सेवाप्रदायक र सेवाग्राहीको पहुँच हुने व्यवस्था मिलाउने बताएको हो ।

महानगरले नीति तथा कार्यक्रममार्फत् फोहोरलाई पुन; प्रयोग गर्न सकिने बनाउन महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरि  प्रविधियुक्त फोहोरमैला व्यवस्थापन गेर्ने नीति तथा कार्य योजना प्रस्तुत गरेको छ । मेकानाइज्ड मेटेरियल रिकभरी फ्यसिलिटी सन्चालन  गरि बन्चरे डाँडा दम्पिङ् साइटमा वैग्यनिक व्यवस्थापन गर्नेछ ।

काठमाडौं महानगर भित्रको खालि सार्वजनिक स्थान हरुमा अपाङ्ग र जेष्ठ नागरिकमैत्री पार्कहरुको निर्माण गरने छ । साथै, महानगरलाई प्लाष्तिक झोला रहित बनाउन विशेष कार्यक्रम सञ्चालन गेर्ने महानगरले नीति तथा कार्यक्रममार्फत्  भनिएको छ।

प्रत्यक स्थानिय तहबाट विसर्जन गरिएको फोहोरको परोणाम र प्रकृतिको आधारमा बित्तिय सझेदारी गार्ने , संघ,प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा वातावरण संरक्षण, प्रदुषण नियन्त्रण तथा न्युनिकरण गर्ने कार्यक्रम सञ्चालन गर्ने भनि उक्त योजनामा प्रस्तुत छ ।

 

 

Leave Your Comment

Related News