काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.०६ अङ्कले घटेर २७००.४७ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स ०.७७ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स ०.३३ अङ्कले घटेको छ र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.३४ अङ्कले घटेको छ ।
यस दिन कारोबार रकममा पनि घटेको छ । बुधबारको तुलनामा कारोबार रकम २३ करोड रुपैयाँले घटेको छ । बिहीबार ३४७ कम्पनीको ७७ लाख २६ हजार ९६० कित्ता सेयर ४१ हजार ५९ पटक खरिद बिक्रि हुदाँ ३ अर्ब ४० करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । भने बुधबार ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ कारोबार भएको थियो ।
१३ उपसमुहहरुमा यस दिन पाँच वटा उपसमुह बढेको छ भने आठ उपसमुहहरु घटेको छ । बैंक ०.०२, वित्त ०.२०, लघुवित्त ०.०४, म्युचुअल फन्ड ०.१९,र व्यापार ०.३१ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.५६, होटेल र पर्यटन ०.४४, जलविद्युत ०.१२, लगानी ०.६२, जीवन बिमा ०.१४, निर्माण र प्रशोधन ०.१०, निर्जीवन बिमा ०.३०, र अन्य उपसमुह ०.८६ प्रतिशतले घटेको छ ।
यस दिन एप्पोलो हाइड्रोपावर लिमिटेड र सोपान फर्माक्युटिकल्सको सेयर १५ प्रतिशतले बढेको छ । भने आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडको १२ प्रतिशत बढेको छ । र भुजुङ हाइड्रोपावर लिमिटेडको सेयर ६ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा ३१ कारोड ९८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार गरेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, युनाइटेड मोडी हाइड्रोपावर लिमिटेड २३ कारोड ५ लाख ८१ हजार रुपैयाँ कारोबार गरेर दोस्रो भएको छ । भने सिईडिबि होल्डिङ लिमिटेड १४ कारोड ८५ लाख दुई हजार कारोबार गरेर तेस्रो र बुङ्गल हाइड्रो लिमिटेड १२ कारोड ५० लाख ३६ हजार बराबरको कारोबार गरेर चौंथो स्थानमा रहेको छ ।


