CLI

१९ फर्ममा वाणिज्य विभागको छापा, तीनलाई २ लाख १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा बुधबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका तीन कम्पनीलाई कुल २ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागका अनुसार काठमाडौं महानगरपालिका–२६ त्रिदेवी मार्गस्थित बसेरा बुटिक होटल प्रालि (केशर क्याफे) ले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) विपरीत कार्य गरेको पाइएपछि ऐनको दफा ३९(१)(ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

त्यसैगरी, खरिद बिल नराखेको पाइएपछि काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित के.ए.बि. स्टोरलाई १० हजार रुपैयाँ तथा ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित मर्मेडलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा अन्य केही फर्म तथा व्यवसायमा पनि सुधार गर्नुपर्ने अवस्था देखिएको विभागले जनाएको छ । विभागका अनुसार बाटिका क्रियसन, श्याम कृष्ण स्टोर, आर.बि. इन्टरप्राइजेज, सुपा देउराली लुम्बिनी खाद्य स्टोर, डा. रोसा झम्सिखेल प्रालि, गराज एण्ड त्रिशूल कम्पनी प्रालि, अन्नपूर्ण पेट्स होम, टि.एफ.टि. पुल्चोक, सुरज किराना खाद्य स्टोर, ए.एम.एन. ट्रेडर्स, ऋदम खाद्य स्टोर्स, हारती मेशिनरी एण्ड पार्ट्स, श्रीराज स्टील हाउस, संस्कार इन्टरप्राइजेज प्रालि, एम.एस. माही स्टील तथा एस सप्लाईज एण्ड ट्रेडिङ प्रालिलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ ।

Leave Your Comment

Related News