काठमाडौं । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयअनुसार सोमबार भण्डारीलाई मन्त्रालय तानिएको हो।
भण्डारी मन्त्रालयमा तानिएसँगै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ।
भण्डारीले २०८२ भदौ १ गतेदेखि भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
बजेट भाषणअघि जेठ १५ आसपास रसुवा भन्सार नाकाबाट भएका सवारीसाधन जाँचपास प्रक्रियामा त्रुटि देखिएपछि १३ जना कर्मचारीमाथि कारबाही गरिएको थियो।
स्रोतका अनुसार बजेटअघि भन्सार नाकामा देखिएको उक्त त्रुटि प्रकरणमा विभागीय नेतृत्वको नैतिक जिम्मेवारीसमेत कायम गर्ने उद्देश्यले महानिर्देशक भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको हो।


