CLI

नेपाल क्लियरिङ्ग हाउस ‘नेसनल बेस्ट प्रिजेन्टिड अवार्ड २०२५’ बाट सम्मानित

काठमाडौं ।नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई Institutes of Chartered Accountants of Nepal  (ICAN) द्वारा आयोजना गरेको वार्षिक कार्यक्रममा National Best Presented  Award 2025 अन्तर्गत कम्युनिकेशन तथा आईटी क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” अवार्ड प्रदान गरिएको छ । एनसीएचएलले आ.व. २०८१\८२ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन तथा कम्पनीले गरेको डिस्क्लोजरहरुको आधारमा उक्त पुरष्कार प्रदान गरिएको हो ।

बीपिए अवार्डले प्रत्येक वर्ष संस्थाहरुको वित्तीय प्रतिवेदनको उत्कृष्टता, संस्थागत सुशासन तथा पारदर्शीताको आधारमा संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । उक्त सम्मानले एनसीएचएलको पारदर्शिता, जवाफदेहीता तथा संस्थागत सुशासनसम्बन्धी उत्कृष्ट अभ्यासलाई प्रतिबिम्बित गर्ने बताएको छ । साथै, अघिल्ला वर्षहरुमा समेत एनसीएचएलले South Asian Federation of Accountants (SAFA) बाट Best Presented Annual Report Awards  पुरष्कार प्राप्त गर्दै आएको छ । एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत NCHL-ECC, NCHL-IPS, Retail Payment Switch (RPS), National Payment Switch, connectRTGS, National Payments Interface(NPI), connectIPS, CORPORATEPAY, NEPALPAY QR, EFT Card Switch & Services / NEPALPAY Card लगायतका प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आइरहेको छ । साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १२५ भन्दा बढि इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् ।

Leave Your Comment

Related News