काठमाडौं । युनाईटेड अजोडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४.२८५७ प्रतिशत बोनस सेयर बापत नेप्सेले बुधवार सेयर मूल्य समायोजन गरेको हो ।
समायोजनपछि सो कम्पनीको सेयर मूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ । कम्पनीको अन्तिम कारोबार ४६३ रुपैयाँ ९० पैसा भएको थियो ।


