काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले शुक्रबार बिहान सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले असार ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २८ लाख ६२ हजार ९ सय ९ जनाको आवेदन परेको थिए । जस मध्ये २८ लाख १५ हजार ६ सय ७९ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जसमा १ लाख ४२ हजार ७ सय ६० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
आईपीओको नतिजा Mero Share तथा iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Mount Everest Power Development Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट सकिन्छ ।


