CLI

राष्ट्रिय वाणिज्य बैंकमा १४२ कर्मचारीको माग, साउन ७ सम्म आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ जना कर्मचारीको स्थायी पदपूर्तिका लागि खुला प्रतियोगितामार्फत दरखास्त आह्वान गरेको छ।

बैंकले लोक सेवा आयोगको सहमतिअनुसार नवौं तहको वरिष्ठ प्रबन्धकदेखि पाँचौं तहको वरिष्ठ सहायकसम्मका विभिन्न पदमा आवेदन खुलाएको हो।

बैंकद्वारा जारी सूचनाअनुसार नवौं तहको वरिष्ठ प्रबन्धक पदमा १ जना, आठौं तहको प्रबन्धक पदमा २ जना, सातौं तहको उपप्रबन्धक पदमा ३ जना, छैटौं तहको सहायक प्रबन्धक पदमा ६८ जना तथा पाँचौं तहको वरिष्ठ सहायक पदमा ६८ जना गरी कुल १४२ जना कर्मचारी नियुक्त गरिनेछ।

छैटौं तहको सहायक प्रबन्धक पदका लागि प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ तथा नगद समूहमा आवेदन मागिएको छ। त्यसैगरी, पाँचौं तहको वरिष्ठ सहायक पदका लागि प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहमा कर्मचारी भर्ना गरिने बैंकले जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर बुझाई साउन १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आवेदकले सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। साथै, नेपाली नागरिकताको प्रमाणपत्र, अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा अनलाइन प्रणालीमा अपलोड गर्नुपर्ने बैंकले जनाएको छ।

Leave Your Comment

Related News