काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी कुल १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ। जोखिममा रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। उद्धार गरिएका तथा बाढीबाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोली परिचालन गरिएको सेनाले जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जोखिम बढेपछि नेपाली सेनासहित सुरक्षा निकायहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्।

यसअघिका समाचारका लागि तलको लिंक किल्क गर्नुहोस्
भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक : उद्धारमा जुट्न निर्देशन
त्रिशुली नदी फुर्के ,मलेखुमा पानीको सतह बढ्दै सुरक्षित रहन स्थानीयलाई आग्रह
बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन
नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो
प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक
३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन



