काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा गर्दै आपत्कालीन उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सिंहदरबारमा मन्त्रिपरिषद्को आपत्कालीन बैठक सकिएको भएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा देखिएको अवस्थाबारे समीक्षा गर्नुका साथै उद्धार, राहत तथा सम्भावित थप जोखिम न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे छलफल भएको छ।
बाढीका कारण रसुवासहित नदीको तल्लो तटीय क्षेत्रमा जोखिम बढेको अवस्थामा सरकारले प्रभावित नागरिकको उद्धार तथा सुरक्षालाई प्राथमिकतामा राखेको छ।
बैठकमार्फत सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय प्रशासनबीच समन्वय गरी आपत्कालीन उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा नागरिक जोखिममा परेका छन् भने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलगायत सुरक्षा निकाय उद्धार कार्यमा परिचालन भएका छन्।
यसअघिका समाचारका लागि तलको लिंक किल्क गर्नुहोस्



