महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढङ्गले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताए । उनले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको […]

प्रभु बैंकले यसवर्ष लाभांश वितरण नगर्ने,, तीन वर्षदेखि सेयरधनीले पाएनन् लाभांश

काठमाडौं । प्रभु बैंकले यसवर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यो सँगै बैंकले निरन्तर विगत तीन वर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन । बैंकले पछिल्लो पल्ट आर्थिक वर्ष २०७८/८९ मा लाभांश दिएको थियो । यसपाली पनि बैंकले […]

स्याङ्जाको राम्चेडाँडा अब पर्यटकीय गन्तव्य

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा […]

चुनावमा ज्यान फालेर लाग्नु, काठमाडौँमा जुलुस निकालेर केही हुनेवाला छैन : महावीर पुन

काठमाडौं । काठमाडौँमा हालै राजनीतिक दल, नागरिक समाज, सरकार र निर्वाचन आयोगबिच भएको ६ घण्टा लामो घनिभूत छलफल निष्कर्षविहीन रूपमा टुङ्गिएको छ। विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई मतदानको अधिकार दिने महत्त्वपूर्ण प्रस्तावमाथि कुनै ठोस निर्णय हुन नसकेपछि शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन्। लामो समयसम्म चलेको उक्त बैठकमा समस्याको समाधान खोज्नुको साटो […]

सिंगो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–४ स्थित सिंगो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरू वर्षौंदेखि लालपुर्जाविहीन छन् । चार पुस्तादेखि बस्दै आएपनि लालपुर्जा नभएको स्थानीय ५५ वर्षीय सेवक सदाले बताए । उनका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै परिवारसँग आफ्नो जग्गाको लालपुर्जा छैन । सोही बस्तीमा पाँचौं पुस्ता बसोबास गर्दै आइरहेको बताउने […]

प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले दिइन् राजीनामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचलनले राजीनामा दिएकी छन् । भट्टचनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । शिक्षा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् । बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको […]

निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा माघमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो २६औँ साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तय गरेको छ। महासंघको सचिवालयले प्रकाशित गरेको सूचना अनुसार आगामी २०८२ साल माघ १५, १६ र १७ गते काठमाडौँमा महासंघको ठूलो भेला र निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। विधानको व्यवस्था बमोजिम हुन लागेको यस कार्यक्रममा देशभरका प्रदेश महासंघ, जिल्ला […]

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी । गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो । गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । किसानले […]

५ महिनामा वीरगञ्ज नाका हुँदै ३ खर्ब ५९ अर्बका सामान भित्रियो

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच […]

५५ सयले बढ्यो सुन, प्रतितोला कति ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यस दिन चाँदी २० रुपैयाँले बढेको छ । बजारमा  चाँदी प्रतितोला ४ […]