शेयर बजारबाट ७ अर्ब ४० करोड पुँजीगत लाभकर संकलन

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा शेयर बजारबाट करिब साढे ७ अर्ब पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार सो अवधिमा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएकोमा भदौमा २ अर्ब ५७ करोड […]

वाणिज्य बैंक र एक कम्पनीको १ लाख ५२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । वाणिज्य बैंक र एक कम्पनीको १ लाख ५२ हजार २५० कित्ता संस्थापक शेयर मंगलवारबाट विक्रीमा आएको छ । एनएमबि बैंकले १ लाख २३ हजार ३२४ कित्ता र विन नेपाल लघुवित्तले २८ हजार ९२६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यसअघि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरिएको थियो । […]

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते बुकक्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन । कम्पनीले कात्तिक २५ […]

पाँच वर्ष पुरानो लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले मंगलवार सूचना जारी गर्दै अघिल्ला पाँच वर्ष पुरानो लाभांश रकम आगामी ३५ दिनभित्र बुझ्न आग्रह गरेको हो । साविक हिमालयन जनरल इन्स्योरेन्स तथा एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश बुझ्न कम्पनीले भनेको हो । तोकिएको […]

थ्रिस्टार हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बरावर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो […]

साउदी अरबमा नेपाली श्रमिकमाथि चरम श्रम शोषण

काठमाडौं । साउदी अरबमा नेपाली लगायतका विदेशी श्रमिकमाथि चरम श्रम शोषण भएको छ । ठूलो फ्रान्सेली खुद्रा व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित साउदी अरबका व्यापारिक स्थलहरूमा करार अनुबन्धित आप्रवासी श्रमिकहरूलाई श्रमिक भर्ती गर्ने एजेन्टहरूद्वारा ठगिएको, अत्यधिक लामो समयसम्म काममा लगाइएको, छुट्टी दिन अस्वीकार गरिएको र उनीहरूको कमाइमाथि ठगी गरिएको एम्नेस्टी इन्टरनेसनल नेपालले बताएको छ। “म […]

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स (FMCG)  कम्पनीहरू मध्ये एक युनिलिभर नेपाल सङ्कटको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरक शक्ति रही आएको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने प्रयासमा संलग्न छ । हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस […]

सुनको मूल्यको दिनदिनै नयाँ उचाइ कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  आज पनि बढेको छ । दसैँपछिका कारोबारका दिनमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को दिनदिनै उचाइ कायम गरिरहेको छ  । आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । […]

सरकारको १०० दिन पुगे लगत्तै बिपक्षि दलको सरकार बिरुद्द  संघर्ष सुरु

काठमाडौं । सरकारको १०० दि पुगे लगत्तै बिपक्षि दलले  सरकार बिरुद्द  संघर्ष सुरु गरेका छन् । नेकपा (माओवादी) केन्द्र सहित विपक्षि दलले सरकारले विपत जन्य घटनाले उत्पन  परस्थितमा सरकाले  नागरिकलाई उपलव्ध गराउनु पर्ने राहत उद्दार र पुन निर्माणको काम गर्न नसकेको भन्दै प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले संसदको विशेष अधिबेशन बोलाउन माग […]

प्रतिशोधको राजनीति गर्नु छैन :केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले […]