बीमा कम्पनीहरूले किन हकप्रद शेयरमा जोड दिदै छन् ?

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि धमाधम नेपाल धितोपत्र बोर्डबाट अनुमति माग गरेको छन् । सोहि क्रममा चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म ६ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति प्राप्त गरिसकेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार बाँकी ४ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति पर्खिरहेका […]

इनड्राइभको पहलः सार्वजनिक सवारी बन्दको बीचमा भरपर्दो वैकल्पिक सेवा

काठमाडौं । देशभर जेठ १९ गतेदेखि शुरु भएको अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दका कारण आम यात्रुहरू मर्कामा परिरहेका बेला, निजी यातायात सेवा प्रदायक इनड्राइभ ले यात्रुहरूलाई भरपर्दो र सुलभ सेवा प्रदान गर्न सक्रिय भूमिका खेलेको छ । इनड्राइभले सार्वजनिक यातायात अवरुद्ध भएको संकटको अवस्थामा यात्रुहरूको आवतजावतलाई सहज बनाउन आफ्ना प्रयोगकर्ताहरूलाई ‘बिडिङ मोडल’ मार्फत वैकल्पिक समाधान प्रदान […]

कान्ति लोकपथ  चार दिन बन्द हुने

हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ   चार दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक   चार दिन बन्द गरिएको हो । मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकोले बुधबारदेखि अर्थात् जेठ २१ गतेदेखि जेठ […]

हिमालयन लाइफले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारित लगायतका निर्णयका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता […]

विषादी भेटिए सँगै २,००० केजी भन्दा बढी आँप नष्ट

कैलाली । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका २ हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको संयुक्त अनुगमनमा उक्त परिमाणमा विषादी प्रयोग गरिएका आँप पाइएपछि नष्ट गरिएको हो । उपमहानगरभित्र रहेका तीन वटा हाट (फलफूल तथा तरकारी) […]

करिब ३००० रुपैयाँले बढ्यो सुन प्रतितोला

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ तोकिएको छ । यो सँगै सोमबारको तुलनामा मंगलबार छापावाला सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० […]

शिखर इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत गराएको छ। कम्पनीले फागुन १३ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो। कम्पनीले बोनस शेयर सूचीकृत गरी दोस्रो बजारमा कारोबारका लागि खुला गरेको तीन महिनापछि सूचीकृत प्रक्रिया पूरा गरेको […]

विकास हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरेको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको हो । कम्पनीले गत जेठ ६ गतेबाट पहिलो चरणको आइपीओ जारी गरेको थियो। मंगलबार बैंकिङ समयसम्म […]

गभर्नर पौडेलविरुद्धको रिटमाथि आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिसम्बन्धी रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै दायर रिटमाथि यसदिन दोस्रो पटक बहस हुन लागेको हो । यसअघि सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई नियुक्तिको आधार प्रमाणसहित उपस्थित हुन आदेश  गरेको थियो । अधिवक्ता […]

कालिमाटीमा झोले स्याउको मूल्य प्रतिकिलो रु २५०, गुन्द्रुक ३५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार यसदिन गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु […]