मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

मुस्ताङ। हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँका चार स्थानीय तहमा शनिबारदेखि क्यामेरा ट्रयापिङमार्फत हिउँ चितुवाको सर्वेक्षण सुरु गरेको हो । हिउँ चितुवाको सम्भावित बासस्थान र क्षेत्र पत्ता लगाएर एक्याप तथा अन्य सरोकारवाला सङ्घसंस्थाले क्यामेरा ट्रयापिङ गर्दै आइएको थियो । यसबाट हिउँ […]

प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् । निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई […]

सुनचाँदी को मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो । यसदिन, चाँदी भने १३० रुपैयाँले बढेको छ ।  सोमबार चाँदी प्रतितोला ४ […]

वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार

घोडाघोडी (कैलाली) । कैलालीको यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन्। चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए। तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए । ‘त्यसपछि हामी […]

अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार कार्यले पछिल्लो समय तीव्रता पाएको छ। पहिलो खण्डका रूपमा रहेको साँगा–धुलिखेल सडकको स्तरोन्नति गर्न म्याद एक वर्ष थपिएसँगै निर्माण कम्पनीले कामको रफ्तार बढाएको हो। विसं २०८२ मङ्सिर २५ सम्मको पहिलो म्यादमा ६० प्रतिशत मात्र काम सकिएपछि हालै आयोजनाको अवधि थप गरिएको हो। आठ किलोमिटर दूरीको साँगा–धुलिखेल खण्डमा अहिले […]

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । यस कोषको पुस ६ गते बसेको सञ्चालकि समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ८ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश […]

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो  । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट […]

कोदो, मकै फल्ने बारीमा सुन्तला बगैँचा: यसै वर्ष १५ लाखको बिक्री

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन्। ५७ वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेको सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन्। कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतकोरूपमा रहेको छ । विसं […]

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस ३ गतेदेखि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (पुस ७ गते) अन्तिम दिन रहेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने […]

एन.पि.आई. नारायणी सामुदायिक हस्पिटलले आईपोओ निश्काशन गर्ने, बिक्रि प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

काठमाडौं । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निश्काशन कार्यका लागि शेयर निश्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम […]