२१.१९ अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.८० अंक घटेको छ । भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ। यस दिन ३५० वटा कम्पनीको १ करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर कारोबार हुँदा […]

संघबाट प्रदेश र स्थानीय तहमा गएको सवारी साधान कर कार्यान्वयनमा कमजोरी, मधेश र कर्णालीले गरेनन् मासिकवितरण

काठमाडौं । मुलुक संघीय प्रणालीमा गए सँगै सवारी साधान कर उठाउने जिम्मेवारी प्रदेश र स्थानीयतहलाई प्रदान गरिएको छ । तर प्रदेश र स्थानीय तहले लक्ष्य अनुरुप सवारी साधान कर उठाउन नसक्नुको साथै मासिक वितरण समेत गर्न नसकेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार आफनौं आठौं वार्षिक प्रतिवदेन […]

चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन । विश्वप्रसिद्ध ‘एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेज (अस्कर अवार्ड) को ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरु–एलिफेन्ट्स इन द फग’ को टोलीसँग आज मन्त्रालयमा भएको भेटमा […]

टेन्ट हटाएपछि माइतीघर सडक खुला

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि जारी प्रदर्शनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ। बुधबार बिहान प्रहरीले सडकमा राखिएका आन्दोलनकारीका टेन्ट हटाएपछि उक्त सडकखण्डमा सवारी आवागमन सुचारु भएको हो। सडकमा टेन्ट राखेर रातिसमेत धर्ना दिँदा सुरक्षाको जोखिम बढ्नुका साथै आन्दोलनकारीको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको […]

राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति पौडेलसमक्ष बुझाएका हुन् । निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष बुझाएका हुन् ।  

‘नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा छौँ’: सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्ताबेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताएका छन् । बुधवार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुभारम्भ कार्यक्रममा उनले संघीय सांसदलाई प्रविधिमैत्री बनाउँदै नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी थालिएको बताएका हुन् । उनले आगामी ५०० वर्षपछि समेत नेपालको संसदीय इतिहास खोज्न र अध्ययन […]

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका   दुवै कार्यक्रमका लागि भदौ ३० गते मंगलबार आवेदन आह्वान गरिएको हो । इच्छुक आवेदकहरूले आगामी असोज २६ गतेसम्म […]

मौद्रिक नीति निर्माणमा छुट्टै समितिको व्यवस्था थप्न सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा मौद्रिक नीति निर्माण गर्ने छुट्टै समितिको व्यवस्था थप्न सुझाव दिएका छन्। बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलका क्रममा केरुङले यस्तो सुझाव दिएका हुन्। उनले मौद्रिक नीति निर्माणका […]

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बुधबार बिहान उनले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले विपद्‍को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे । प्रधानमन्त्रीले विपद्का कारण […]

गभर्नरको कार्यकाल पाँच वर्ष सम्भव नभए कम्तीमा चार वर्षको कार्यकाल राख्नु आवश्यक छ : सांसद कँडेल

काठमाडौं । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल पाँच वर्ष कायम गर्न प्रस्ताव गरेका छन्। पाँच वर्ष सम्भव नभए कम्तीमा चार वर्षको कार्यकाल राख्नुपर्ने उनको भनाइ छ। बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद कँडेलले यस्तो धारणा […]