भारतको उडिसामा नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालिएको घटनाः राजदूतावासको पहलपछि समाधान
काठमाडौं । भारतको उडिसा राज्यस्थित Kalinga Institute of Industrial Technology (KIIT) मा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालिएको घटनापछि नेपाली राजदूतावासले सम्बन्धित शैक्षिक संस्थासँग छलफल गरेको छ। छलफलका क्रममा राजदूतावासले नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई पुनः छात्रावासमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो। साथै, विद्यार्थीहरूको नियमित पठनपाठन अवरुद्ध हुन नदिन कक्षा सञ्चालनको प्रबन्ध मिलाउन समेत अनुरोध […]

