नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमती

काठमाडौं । नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए)बीच सहमती भएको हो । एनएभिटी र एनएडिएका प्रतिनिधिहरुबीच  माघ २२ गते नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने […]

नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न

दोहा । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका […]

विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सो संग सम्वन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस कन्क्लेभ […]

गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारको लागि एनसीएचएलमा आबद्ध

काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई(कर्मस कारोवारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसमा आवद्ध भई थ्रीडी सेक्योर एसीएस सेवा सुरु गरेका छन् । उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी बिकास बैंकका कार्ड होल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् । उक्त सेवा […]

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक

काठमाडौं । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती प्रदेशको चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ। आइतबार आयोजित लन्च कार्यक्रममा उपस्थित चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देल, […]

पोखरामा वाडा अटो शो आयोजना हुने

काठमाडौं । पोखररामा वाडा अटो शो आयोजना हुने भएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोगमा पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) को आयोजनामा पोखरामा अटो शो हुन लागेको हो । गत पुस २० गते काठमाडौंमा नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको थियो […]

कुमारी बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा माघ २१ गते सोमबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आब २०८०/८१ असार मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आब २०८१/८२ को […]

पाथिभरा केवलकार परियोजनामाथि विरोधः लगानीमैत्री वातावरण विथोलिने निजी क्षेत्रको धारणा

काठमाडौं । नेपालका तीनवटा प्रमुख निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। निजी क्षेत्रले माघ २२ गते गरेको जारी संयुक्त विज्ञप्तिमा कोशी प्रदेशका विभिन्न जिल्लामा भइरहेको बन्द हडतालले स्थानीय शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनलाई प्रभावित […]

लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं । भिट्रिफाइड टायल्स् लामिनारको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले ६ महिनाभित्र आईपीओ जारी गर्ने जानकारी गराएको छ । यसका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । अध्यक्ष सुब्रत धितालले आईपीओले कम्पनीको व्यवसाय विस्तारको गति बढाउने र यसको फाइदाले […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३ प्रतिशतले बढ्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गर्दै सो अवधिमा १९ करोड ६१ लाख ३९ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा १८ करोड ९७ लाख ४८ हजार […]