नयाँ वर्षको पहिलो साता : शेयर बजारमा सुधार, लगानीकर्ताले कमाए ८६ अर्बको वृद्धिदर

काठमाडौं । नयाँ वर्षको पहिलो साता सकारात्मक रहेको छ । यो साता शेयर बजार तीन दिन बढेर बाँकी एक दिन भने घटेको थियो । कुल चार दिन बजार खुलेको हो । अघिल्लो साताहरुको तुलनामा यो साता लगानीकर्ताहरुले ठूलो लगानी गुमाउनु परेको छैन किनकि बजार सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका […]

नेपाल बैंकको नाफा २७ गुणाले बढ्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २०३३ प्रतिशतले बढी हो । गत आवको बैंकको नाफा १३ करोड ५ लाख रहेको थियो । बैंकको कुल ब्याज […]

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफामा वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा १ अर्ब १० करोड २६ लाख नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २८.८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८५ करोड ५४ लाख नाफा कमाएको थियो । बैंकले चालु आवको वित्तीय […]

बाटो खन्दा शङ्कास्पद वस्तु फेला

लमजुङ्ग। लमजुङ्गमा बाटो खन्दा शङ्कास्पद वस्तु फेला परेको छ। जिल्लाको बेसीशहर नगरपालिका ८ स्थित जिल्ला प्रहरी कार्यालयबाट ५० मिटर पूर्वीतर्फ बाटो खन्दा शङ्कास्पद बस्तु फेला परेको हो। शनिबार बिहान शङ्कास्पद बस्तु फेला परेपछि नेपाली सेनतालाई खबर गरिएको थियो। सेनाको डिष्पोजल टोलीले उक्त बस्तुलाई निष्क्रिय बनाएको छ।

रिभर फल्स पावरको लकइन अवधि कहिलेदेखि सकिंदैछ ?

काठमाडौं । रिभर फल्स पावरको सवा ४३ लाख कित्ता कित्ता शेयरको लकइन अवधि आउँदो जेठ ८ गतेबाट सकिने भएको छ। कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन सकिन लागेको हो। जसमा संस्थापक शेयरधनीको ३५ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीको ७ लाख कित्ता र कर्मचारीको […]

गभर्नर बनाउन लागिएका भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं । गभर्नर बन्न नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणकार भट्टविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ । गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै अघिवक्ताद्धय विशाल थाप र प्रतिमा उप्रेतीले सर्वोच्चमा पूरक निवेदन दर्ता गरेका हुन् । भट्टले राजनीतिक नेतृत्वबाट ग्रिन सिंग्नल पाएपछि शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन्। […]

तरकारीको आजको मूल्य प्याज ४०, काउली ३० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो […]

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली देशभर सक्रिय

ललितपुर । जंगली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ। चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार, यस्ता घटनाको सूचना प्राप्त हुनेबित्तिकै प्रशिक्षित रेस्क्यु टोली तत्काल घटनास्थलमा पुगी रेस्क्यु गर्छन्। “हामीसँग अनुभवी रेस्क्यु टिम छन्, जसले उपत्यकाभित्र मात्र होइन, नेपाल अधिराज्यभरि पुगेर जनावरलाई उद्धार गर्ने गर्छन्”, […]

शनिबार भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही […]

९ बीमा कम्पनीले अझै पुर्याएनन् प्राधिकरणको न्यूनतम चुक्ता पुँजी, यस्तो छ योजना

काठमाडौं । सञ्चालनमा रहेका बीमा कम्पनीहरूमध्ये ९ वटाले नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजी अझै पुर्याउन सकेका छैनन्। तीमध्ये ४ जीवन बीमा कम्पनी र ५ निर्जीवन बीमा कम्पनी छन्। यी कम्पनीहरूमा जम्मा ८ अर्ब ९२ करोड रुपैयाँको पुँजी अभाव देखिएको छ। न्यूनतम पुँजी पुर्याउन ९ मध्ये ७ कम्पनीले हकप्रद शेयरमार्फत पुँजी वृद्धि गर्ने तयारी […]