नेपाल कम्युनिष्ट पार्टीले चीनमा गएको भूकम्पप्रति दु:ख व्यक्त गर्दै सहानुभूति प्रकट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से शहरको डिङग्रीमा गएको शक्तिशाली भूकम्पप्रति गहिरो दु:ख व्यक्त गरेको छ। २०८१ पुस २३ गते स्थानीय समय बिहान ९ः०५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो, जसका कारण ठूलो जनधनको क्षति भएको छ। भूकम्पबाट कम्तीमा १२६ जनाको ज्यान गएको, झण्डै २०० जना घाइते भएको र हजारौं […]

