उच्च पदस्थ व्यक्तिको वित्तीय कारोबारको अभिलेख १० वर्षसम्म राख्न पाउने

काठमाडौं । शंकास्पद कारोबारमा निगरानी बढाउन अब बैंकहरुमा छुट्टै एएमएलरसीएफटी विभाग वा इकाइ खडा गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले व्यवस्थापकीय तहको कार्यान्वयन अधिकारी प्रमुख रहने गरी एउटा अलग्गै […]

काठमाडौंको न्यूनतम तापक्रम स्थिर

काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) हिजो (बिहीबार) जत्ति नै ४.२ डिग्री सेल्सियस रहेको हो। महाशाखाको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६.१ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी एअरपोर्टमा ८.४ डिग्री सेल्सियस छ।

निरन्तर ३ दिन बढ्यो सुनचाँदीकै मूल्यमा 

काठमाडौं । शुक्रबार पनि सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार प्रतितोला ८ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलाको ८ सय नै बढेको हो। मूल्य बढे सँगै शुक्रबार सुन तोलाको १ लाख ५४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको १ लाख ५३ हजार तीनसय रुपैयाँ […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन ।

नेपाल बैङ्कका कर्मचारी र खातावालले बुद्द एयरमा छुट पाउने

काठमाडौं । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकले  बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र Cargo Service का विभिन्न शुल्कमा विशेष छुट प्राप्त गर्ने भएका छन् । पौष २५ मा बुद्ध एयर र  पहिलो बैंकको बिचमा छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो  । सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध […]

एनएमबि बैंकको २९ औँ वार्षिक साधारण सभा सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकको २९ औँ वार्षिक साधारण सभा सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल को सभापतित्वमा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो  । साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । बैंकको २०८१ आषाढ सम्ममा […]

व्यावसायिक कारोबारसँग सम्बन्धित रकम व्यक्तिगत खातामा लिने दिने गरेमा शंकास्पद कारोबार हुने

काठमाडौं । नेपाल  राष्ट्र बैङ्कले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रबन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने कार्य गरेमा तेस्तो कार्य शंकास्पद कारोबारको रुपमा बुझ्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त बैङ्क तथा बित्तिय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो बताएको […]

बैङ्क खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिबार्य

काठमाडौं । माघ १ गतेबाट नागरिकले  बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो पुष २५  गते बिहीबार बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गर्दै खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न भनेको हो । यो व्यवस्था २०८१ माघ १ गतेदेखि लागु हुने छ। यदि राष्ट्रिय […]

शीतलहरले मधेशमा जनजीवन प्रभावित

काठमाडौं । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो । निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का […]

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि आवेदन माग, के चाहिन्छ ? योग्यता

काठमाडौं । नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष सिफारिस समितिले  खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष आवेदन माग गरेको छ ।  सिफारिस समितिले तोकिएको योग्यता  भएका इच्छुक नेपाली नागरिकलाई आजको मितिले १५ दिन भित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौमा गोप्य खामवन्दी आवेदन दिन आग्रह गरेको छ  । सिफारिस समितिले तोके अनुसार  बिमा प्राधिकरणको अध्यक्ष […]