कक्षा ५,८ र १० को सामाजिक बिषयका किताब परिबर्तन हुने
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको प्रक्रिया सुरु भइसकेको बताएका छन्। शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता विषयक अन्तर्क्रियामा उनले परिमार्जित पाठ्यपुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिए। उनका अनुसार पाठ्यपुस्तक लेखनका क्रममा सरोकारवालासँग […]

