भारत भाग्दै गरेका ६ कैदी समातिए

बैतडी । डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई÷दुई र दार्चुला तथा बैतडी घर […]

भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

महोत्तरी । गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी÷थुनुवा फर्कन थालेका छन् । महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी÷थुनुवालाई फर्कन अपिल गरेसँगै बुधबार राति तीन जना फर्केका कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि गरे । “बुधबार राति तीन जना कारागार आइपुगेका छन्”, ठाकुरले भने, “अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको […]

उत्तर कोरियाकी किम जु ए ‘मान्यता प्राप्त उत्तराधिकारी’ : सियोल

सियोल । दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उहाँको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ । जु ए हालै बेइजिङको उच्चस्तरीय भ्रमणमा आफ्नो बुबासँग सहभागी भएकी थिइन् । यो भ्रमणमा उनले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटिन् । यसरी पहिलो आधिकारिक […]

गगन थापाले भने -जेनजीको भावना अनुरुप सरकार बनोस् अघि बढोस्, संविधान भन्दा बाहिर नजाऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा उनीहरुले चाहेको अनुरुप सरकार बनी अघि बढ्नु आवश्यक रहेको बताएका छन् । संविधानभन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने उनको भनाइ छ। थापाले संविधानको निरन्तरताबारे ख्याल गर्न जेनजी पुस्तालाई आग्रह गरेका छन्। आज भिडियोमार्फत् आफ्ना धारणा सार्वजनिक गरेका थापाले […]

९४ हतियार बरामद, जेल फोडेर भागेका १९२ कैदी पक्राउ

काठमाडौं । नेपाली सेनासहितका सुरक्षा कर्मीले विभिन्न स्थानबाट ९४ थान हतियार बरामद गरेको छ। कारागाराबाट भागेका कैदी नियन्त्रणदेखि हतियार बरामद र शङ्कास्पद वस्तुको सुरक्षित डिस्पोजसम्मका कार्य गरिएको नेपाली सेनाले जनाएको छ। सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १ सय ९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। त्यसैगरि कञ्चनपुरको चाँदनी क्षेत्रमा भारततर्फ भाग्न खोजेका […]

एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा पाउने

काठमाडौं । एनसेलले मंगलबारदेखि दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा सेवाको समयावधि बढाएको छ । योसँगै अब एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क सेवा लिन पाउने छन् । एनसेलले सूचना जारी गर्दै भनेको छ, ‘हालको परिस्थितिलाई ध्यानमा राख्दै यहाँहरुलाई प्रदान गरिएको निःशुल्क डाटा, लोकल भ्वाइस कल र एसएमएस सेवा यही भाद्र २७ गते शुक्रबारसम्मका लागि […]

निजामती कर्मचारीहरुको आह्वान, ‘सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुटौं’

काठमाडौं । निजामती कर्मचारीहरुले सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् । उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।निजामती कर्मचारीहरूको बाहुल्य रहेको ‘सार्वजनिक नीति संवाद’ मा कर्मचारीहरूले सरसफाइका लागि आह्वान गरेका हुन् ।

काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो । आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छ भने विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् । […]

नेपाल राष्ट्र बैंकले भन्यो, ‘सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गर्नु’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई सीमित कर्मचारीमार्फत आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा निरन्तर उपलब्ध गराउन निर्देशन दिएको छ । ‘यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरता (Business Continuity) […]

माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा र चेकजाँच

काठमाडौं । नेपाली सेनाले माइतीघरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ। माइतीघर आइपुग्नु अघि ठाउँठाउँमा नेपाली सेनाले चेक जाँच गरिरहेको छ । माइतीघर मण्डलालाई ठूलो संख्यामा सेना परिचालित छन् । ‘संविधान बचाउ’ केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले निकै कडाइ गरेको हो।