हिमालयन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो ८ प्रतिशत लाभांश

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वर सेडाईले जनाएका छन् । कम्पनीको हाल कायम चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ […]

संसदमा आज आर्थिक सर्वेक्षण पेस हुने अनिश्चित, प्रतिपक्षको अवरोध कायमै

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेस गर्ने कार्यतालिका तय भए पनि त्यसको सुनिश्चितता अझै हुन सकेको छैन। मंगलबार नै आर्थिक सर्वेक्षण पेस गरिने कार्यतालिका तय भए तापनि प्रतिपक्षी दलको अवरोधका कारण प्रक्रिया स्थगित भएको थियो। आज बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन। […]

सुन घट्यो चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । आज सुन प्रति तोला एक हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ९० हजार ९००रुपैयाँ थियो । चाँदीको मूल्य […]

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

शत प्रतिशत हकप्रद निष्काशन गर्दै बरुण हाइड्रो, शेयरधनी दर्ता पुस्तिका बन्द गरिँदै

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका जेठ २२ गतेदेखि बन्द गरिने भएको छ । कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । सो बराबर प्रतिशेयर एक सय रुपैयाँ अंकित दरको ५३ लाख ५८ हजार १५० कित्ता […]

असार १ देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै राप्ती हाइड्रो

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल लिमिटेडले असार १ गतेदेखि एक कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरअन्तर्गत शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रु. १०० अंकित दरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयरको निष्काशन गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताले यस हकप्रद निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन […]

कालिमाटीमा चिचिण्डो र फर्सीको मूल्य प्रतिकिलो ३० रुपैयाँ, सिताके च्याउ एक हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८३, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ३७, आलु […]

ट्रेड टावरको आईपीओमाथि आजदेखि आवेदन दिन सकिने

काठमाडौं ।  ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि आजदेखि आईपीओ निष्काशन तथा बिक्री गर्दैछ । कम्पनीले वैशाख ८ गतदेखि वैशाख २२ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता शेयर बिक्री खुला गरेको थियो । पहिला चरणको शेयर बाँडफाँड सम्पन्न भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई जेठ १४ बाट […]

गभर्नर पौडेलविरुद्धको रिटमाथि आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । मंगलबार अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति प्रक्रिया अवैध भएको जिकिर गर्दै रिट निवेदन दर्ता गराएका हुन्। रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर […]

सवारी साधन आयात बढ्दा हायर पर्चेज कर्जा घट्यो

काठमाडौं । बजेटको पूर्वसन्ध्यामा सवारी साधान विशेष गरी विद्युतीय सवारी साधनको आयात बढेको छ । व्यवसायीहरुले सवारी साधानको आयत बढाउँदौ बैंक तथा वित्तीय संस्थाबाट सवारी साधन अर्थात् हायर पर्चेज कर्जा भने घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरणमा न्यून कमी आएको छ […]