५.०३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि सामान्य घट्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक ५.०३ अंकले घटेको छ । बजार २६०९.०३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ९१ हजार ३९४ पटक कारोबार हुँदा ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार रकम भने ३ अर्ब ७३ कारोड ८७ लाख रुपैयाँ पुगेको छ । यो रकम […]

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरणसम्बन्धीकार्य गर्नुपर्ने भएकाले यही मङ्सिर २६ गते दिउँसो ३ः०० बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले […]

कालीगण्डकीमा पक्की पुल निर्माण

बागलुङ । चार वर्षदेखि कालीगण्डकी करिडोरमा लगातार पहिरो खस्दै आएपछि बागलुङको दक्षिण भेगलाई जोड्न पक्की पुल निर्माण थालिएको छ । पहिरोका कारण बर्खामा सडक अवरुद्ध भएपछि पहिरोको विकल्पमा कालीगण्डकी माथि पक्की पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङको पहिरोले चार वर्ष यता र सोही नगरपालिका–१३ को कालाखोला बगरमा गत वर्षदेखियता सडकको ट्रयाक बगाएपछि […]

एमालेको महाधिवेशनमा २४६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ । प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का […]

आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो ३५ वर्षको अनुभवलाई प्राधिकरणको श्रीवृद्धिमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि आज रत्नपार्कस्थित प्रधानकार्यालयमा जिम्मेवारी सम्हाल्दै उनले ऊर्जा क्षेत्रको विकासमा आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार पारदर्शी र नतिजामुखी काम गर्ने दृढता व्यक्त गरे । […]

निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन गराउन सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेकी छन् । उनले मानवअधिकार रक्षकहरूको सुरक्षा र पहिचानका लागि आवश्यक कानुन निर्माण, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रयास र छैटौँ राष्ट्रिय मानवअधिकार कार्ययोजनाको निर्माण गरी कार्यान्वयन सरकारको पहिलो प्राथमिकतामा रहेको जानकारी दिइन् । ७७औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा […]

भन्सार एजेन्टहरूको पेनडाउन आन्दोलन फिर्ता

काठमाडौं । भन्सार एजेन्टहरूले पेनडाउन आन्दोलन फिर्ता लिएका छन् । भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, दैनिक कार्यसञ्चालन तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पर्न सक्ने देखिएको भन्दै भन्सार एजेन्ट महासंघ नेपालले मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा पेनडाउन लगायतका विरोध कार्यक्रम सञ्चालन गरेको थियो । महासंघका अनुसार भन्सार […]

अब विश्व स्तरीय नयाँ ‘क्यामेल’ ब्रान्डका अटोमोटिभ ब्याट्री नेपालमा

काठमाडौं । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने  छ । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताका साथ कम्पनी अगाडि बढेको बताएको छ । यसै सन्दर्भमा […]

कम्बोडियासँगको सीमा विवादका कारण ४ लाख थाई बासिन्दा विस्थापित : रक्षा मन्त्रालय

काठमाडौं । कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अनेत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताएका छन् । थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको आक्रमण बुरिराम, सुरिन, सिसाकेट […]

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सर्वोत्तम सिमेन्टले झापाको भद्रपुर नगरपालिका ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ । कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए भने कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको थियो। उक्त शिविरमा विभिन्न वरिष्ठ फिजिसियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्ट लगायत अन्य २२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका […]