राष्ट्र बैङ्कले शुक्रवार ६९ औँ वार्षिकोत्सव  मनाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार हुने भएको छ । बैङ्कले सूचना प्रकाशन गर्दै वैशाख १४ गते शुक्रवार अपराह्न १ः०० बजे बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा कार्यक्रम आयोजना हुने जानकारी गराएको छ । आयोजित विशेष समारोहमा सहभागिताको लागि बैङ्कका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरूलाई […]

नेपाल र कतारबिच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी  दिए  । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल […]

लगानी , व्यापार बढाउन नेपाल–कतार संयुक्त वाणिज्य परिषद स्थापना गरिने

काठमाडौं ।  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । कतारका अमीर शेख तमीम विन हमाद अल थानी र […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्यमा प्रतितोला पाँच सय रुपैयाँ , तेजावी सुन पनि प्रतितोला पाँच सय मूल्य रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छपावाला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार तीन […]

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा यो नयाँ उचाईं हाँसिल गरेको हो । आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको […]

कतार र नेपालको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय बैठक सुरू

काठमाडौं । कतार र नेपालको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय  बैठक सुरू भएको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमरि शेख तममि बनि हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’  नेतृत्वको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय  बैठक बसेको हो । होटेल सोल्टीमा बसेको बैठकमा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । कतारका अमरि […]

प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ। जेष्ठनागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्धेश्यका साथ स्थापना भएकोे सो संस्थालार्ई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त […]

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी […]

हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु हुनु अगाडी विद्युतीय सवारी (इभी) र्‍याली

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हुनलागेको हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको पुर्ब सन्ध्यामा  विद्युतीय सवारी (इभी) र्‍याली गरिएको छ । बिधुतिय खपत बढाउने सन्देश दिन सो र्याली गरिएको हो । र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा  बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व […]

लगानी सम्मेलन : कर्मकाण्डी तयारीले उपलब्धि हासिल गर्न चुनौति

काठमाडौं । सरकारले अगामी वैशाख १६ र १७ गते नेपालमा ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ आयोजना गर्दैछ। दक्षिणी छिमेकी भारतमा आम चुनाव भइरहेको समयमा नेपालमा आयोजना हुन लागेको यस सम्मेलनलाई इजराय हमास तथा रुस–युक्रेनको जारी द्वन्द्वले पनि प्रभाव पार्न सक्छ । लगानी बोर्डको आयोजनामा हुने लागेको   सम्मेलनको पूर्व तयारीका कार्यहरु जोडबलका साथ अघि बढी बढेको छ […]