भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो

काठमाडौं । ग्लोबल कन्जुमर एक्स्पो २०२५ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोको बुधबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व कप्तान खड्काले यस किसिमको कन्जुमर मेलामा विभिन्न सामग्रीहरू एकै छानामुनि उपलब्ध हुने भएकाले आफूले पनि परिवारसहित एक्स्पो भिजिट गर्ने बताए । […]

कपडा पसलमा आगलागी

काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा बिहीबार बिहान विद्युत् सर्ट भएर आगो लागेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत आगो निभाउन लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर […]

सबै प्रकारका आर्थिक क्रियाकलाप कर प्रणालीमा समेट्नः राजस्व परामर्श समितिको अर्थमन्त्रीलाई सुझाव

काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ । त्यसैगरी डिजिटल कारोबारलाई […]

महालेखाको ६२ औं प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ। बुधबार महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेसँगै प्रतिवेदन सार्वजनिक भएको हो। प्रतिवेदनअनुसार सो आर्थिक वर्षमा संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, संगठित संस्था, समिति तथा अन्य संस्थाहरूको लेखापरीक्षण गरिएको छ। कुल ५ हजार ७ सय ५९ निकायहरूको लेखापरीक्षणमध्ये […]

३५ सयले घट्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ थियो । मंगलबारको तुलनामा बुधबार […]

सतुङ्गलको कपडा पसलमा आगलागी

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए […]

नेशनल लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बुधबार बसेको ५५० औँ बैठकले नेपाल बीमा प्राधिकरणको स्विकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए अनुसार हुने गरी लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको अद्यावधिक रुपमा कायम रहेको चुक्ता पुँजी ५ अर्ब २१ […]

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो वरिष्ठ सहायकदेखि प्रशिक्षार्थीसम्मका कर्मचारी

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तमा जागिर खुलेको छ । लघुवित्तले वरिष्ठ सहायकदेखि प्रशिक्षार्थीसम्म पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले ५ जना वरिष्ठ सहायक, ४ जना सहायकसहित केही सहायक र प्रशिक्षार्थी कामदार माग गरेको हो । इच्छुकले १५ दिनभित्र वेबसाइटमार्फत आवेदन दिनसक्नेछन् । लघुवित्तका पर्सादेखि कञ्चनपुरसम्म ११ तराईका जिल्ला र पहाडी ८ जिल्ला गरी […]

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले बिक्री गर्न चाहेको उक्त शेयर बिक्री खुला गरेको हो । कम्पनीले संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ३५ दिनभित्र आवश्यक शेयर खरिदका लागि निवेदन […]

स्वाबलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले प्रतिकित्ता ४२५ रुपैयाँँका दरले संस्थापक शेयर बिक्री खुला गरेको हो । पहिलो प्राथमिकताअनुसार संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुका लागि उक्त शेयर खुला गरिएको हो । इच्छुक संस्थापक शेयरधनीले ४५ दिनभित्र विवरण खुलाई आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको […]