अन्तर्राष्ट्रिय सम्मेलनमा नाडाको प्रतिनिधित्वः दिगो यातायात र लगानी सहकार्यमा छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (CACS 2025) मा सक्रियताकासाथ नेपालको प्रतिनिधित्व गरेको छ। २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरिएको थियोे। नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान […]

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान, नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न

काठमाडौं । यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरू बीचको आन्तरिक प्रतिस्पर्धा, नेसनल सेल्स स्कील कन्टेस्ट २०८२ आयोजना सम्पन्न गरेको छ। २५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेशेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरू मार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए। यामाहा नेटवर्कभित्र […]

टोखामा प्रहरीले गोली चलायो, चार जना भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको टोखा क्षेत्र नजिक लागुऔषध कारोबारमा संलग्न रहेका भारतीय नागरिकहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो ९एनसीबी० को टोलीले ग्राण्डी अस्पताल नजिकै गोली चलाएर चार जनालाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक ९एसपी० जनकबहादुर शाहीका अनुसार गोली चलाइएको घटनामा दुई जना घाइते भएका छन्। नियन्त्रणमा लिएका […]

गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो । पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको […]

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन् । उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण […]

फोहरको स्रोतमा वर्गीकरण नहुँदा समस्या

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले फोहरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ । कामपाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताइन् । कामपाले […]

लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दै जाँदा ट्रम्पद्वारा नौसैनिक तैनाथ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा सक्रिय कर्तव्यमा रहेका अमेरिकी मरिन र थप दुई हजार नेसनल गार्ड सेनालाई आदेश दिएका छन् । उनले आप्रवासी गिरफ्तारीको विरोध गर्नेहरूलाई पहिलेभन्दा बढी ‘कडा चोट’ लाग्ने धम्की दिए । ट्रम्पको सात सय पूर्णकालीन व्यावसायिक सैन्य कर्मचारी र हजारौँ राष्ट्रिय गार्ड सैनिकहरूको असाधारण परिचालन ठूलो विदेशी जन्म र […]

आज पनि बढ्यो शेयर बजार, नेप्सेसँगै साढे १ अर्बले बढ्यो कारोबार

काठमाडौं । सोमबार बढेको शेयर बजार मंगलबार पनि बढेको छ । निरन्तर चार दिन घटे पछि सोमबार र मंगलबार शेयर बजार बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५६.७७ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट […]

रूकुम पश्चिम पुगेकी रचना रिमालको स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार

काठमाडौं । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेकी उनी बिरामी भएपछि अस्पताल ल्याइएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रुकुम-पश्चिमबाट नेपालगन्ज लगिएकी रचनालाई मंगलबार बिहान काठमाडौँ ल्याइएको हो। नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ। सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा […]

४६ अर्ब लगानीमा भेरीमा २७० मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबीचमा रहेको भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१०, ११,१२, १३ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४, ५ र ६ मा २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । उक्त आयोजनाको वातावरणीय प्रभाव […]