सुर्खेत १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणनाअनुसार उनी २६ हजार ८९७ मतसहित निर्वाचित भएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का टेकबहादुर सिंहले १४ हजार ७२९ मत पाए । नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ९० मत पाउँदा जीतबहादुर रानाले २ […]

समानुपातिकमा रास्वपाको अग्रता

काठमाडौं । प्रतिनिधिसभाको सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम छ । निर्वाचन आयोगका अनुसार हालसम्म रास्वपाले दुई लाख ७५ हजार ५५८ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ८४ हजार ७१७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ६८ हजार ५४८ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) […]

झापा-३ बाट रास्वपाका पाठक विजयी

भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् । उनले ३८ हजार ६७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४, नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरेले आठ हजार १९९, नेपाल कम्युनिष्ट […]

झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भएका छन् । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा धेरैको चासो थियो । काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुख शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए । शाह रास्वपाका वरिष्ठ नेता हुन् । ओलीलाई उनले ४९ […]

सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा विजयी

काठमाडौं । सुर्खेत–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा मतान्तरण सहित विजयी भएका छन् । उनले ३० हजार ८४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइराला १६ हजार ३७८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले […]

कञ्चनपुर २ बाट रास्वपाका दिपकराज बोहरा निर्वाचित

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहरा निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । बोहरा ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी […]

कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

कास्की । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार विजयी भएका छन् । आज घोषणा गरिएको अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवारले तीन वटै क्षेत्रमा फराकिलो अन्तरको जित निकालेका हुन् । कास्की क्षेत्र नं १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भए । उनका मुख्य […]

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : उपसभापति डा वाग्ले

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज यहाँ कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उनले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडि बढ्ने र जनताको भरोसालाई टुट्न नदिने बताए । डा […]

काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल । काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी भएका छन् । मुख्य निर्वाचन अधिृकत प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएको जानकारी दिए । भण्डारी ३५ हजार ४७६ मत अन्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ […]

नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको जापानको ठहर

काठमाडौं । जापान सरकारले नेपालमा मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको भन्दै स्वागत गरेको छ। जापानी वैदेशिक मामिला मन्त्रालयका प्रेस सचिव कितामुरा तोशिहिरोले एक विज्ञप्ति जारी गर्दै कुनै ठूलो अप्रिय घटनाबिना मतदान सम्पन्न हुनुलाई सकारात्मक उपलब्धि मानेका छन्। नेपालको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन जापानले लामो समयदेखि सहयोग गर्दै […]