एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, एनसेलद्वारा १० दिने उत्सव कार्यक्रम सुरु

काठमाडौं । एनसेलका ग्राहकहरु माझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हाषिल गरेको छ । यो सँगै एनसेल एप नेपालमा सबैभन्दा बढि प्रयोगहुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको स्थापित भएको छ । ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताहरूका लागि भरपर्दो डिजिटल टुलको […]

सामसङ नेपालले एनिपएल सिजनका लागि घोषणा गरे आफ्ना एआइ टीभीहरूमा रोमाञ्चक छुटको योजना – ग्राहकहरूका लागि ग्लोबल नं.१ टिभीहरू अझ पहुँचयोग्य बनाउँदै

काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (NPL) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि HD टीभीसम्मका मोडेलहरूमा ३३% सम्म क्यासब्याक तथा रु ७,००० सम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान […]

काठमाडौं महानगर हासिल गर्‍यो खर्चमा ५२.१२ प्रतिशत र आन्तरिक आयमा ७४.१५ प्रतिशत लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ५२.२३ प्रतिशत खर्च र आन्तरिक आयमा ७४.१५ प्रतिशत नतिजा प्राप्त गरेको छ । काठमाडौँ प्लाजामा योजना अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको विभागगत वार्षिक समीक्षा कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो । समीक्षामा एकाइका उपनिर्देशक गंगाधर गौत्तमले प्रस्तुत गरेको प्रगति विश्लेषणपछि उपप्रमुख सुनिता डंगोलले, आन्तरिक तथा वाह्य […]

म्युचुअल फन्डहरुको लगानीको १८.७५ प्रतिशत हिस्सा बैंकको सेयरमा, ४ वर्षमा आधाले घट्यो, कुन समूहमा कति लगानी ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले स्टक मार्केटमा गरेको कुल लगानीको १८.७५ प्रतिशत हिस्सा वाणिज्य बैंकको सेयरमा रहेको देखिएको छ । गएको असोजसम्मको रिपोर्ट अनुसार फन्डहरुले वाणिज्य बैंकको ३ करोड ८ लाख भन्दा धेरै कित्ता सेयर होल्ड गरेका छन् । जसको बजार भाउ करिब ९ अर्ब रुपैयाँ जस्तो पर्न जान्छ । फन्डहरुले सेयर बजारमा गरेको […]

२ वटा हाइड्रोपावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यी कम्पनीहरुको मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो । नेप्सेका अनुसार सुपार मादीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ७२२.८६ रुपैयाँ कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य […]

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

बैङ्कक । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले विश्वका धनी र गरिबबीचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनअनुसार एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकताहरू र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो खाडललाई घटाउने ठोस कदम नचालेसम्म यस प्रविधिको अधिकांश […]

रुस र अमेरिकाद्वारा आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

भिएना । संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्र रूपमा चिन्तित बनेको छ । यस्तो चेतावनीले दशकौँदेखि कायम रहेको विश्वव्यापी परीक्षण–प्रतिबन्धको मानक नै खस्किन सक्ने र अप्रसार प्रयासमा गम्भीर असर पर्न सक्ने विज्ञहरूको आकलन छ । अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा ‘अन्य […]

एनआईसी एशिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस हस्पिटलमा […]

वाइडबडी भ्रष्टाचारमा कांग्रेस नेता जीवनबहादुर  शाहीलगायतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहितका प्रतिवादीहरूलाई सफाइ दिने तथा कम सजाय तोक्ने विशेष अदालतको फैसलाविरुद्ध मंगलबार सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो । नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार भएको […]

एमाले महाधिवेशनः उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन् । छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । “महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उहाँहरुलाई […]