सर्लाही–४ बसबरियामा मतदानलगत्तै हुलदंगा

काठमाडौं । सर्लाही–४ मा मतदान सुरु भएलगत्तै विवाद भएको छ । सर्लाहीको बसबरिया गाउँपालिका–३ भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा भोट हाल्न सुरु हुनासाथ झगडा परेको हो । मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबिच हुलदङ्गा हुँदा केही समय स्थिति तनावग्रस्त भएको थियो ।  

एमाले महासचिव पोखरेलले तुलसीपुरबाट गरे मतदान

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। उनले आफ्नै क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९  स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका हुन्।

कांग्रेस उपसभापति शर्माले गरे मतदान

काठमाडौं । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।

नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन : प्रचण्ड

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताएका छन् । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्नेमा जोड दिए । ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, […]

प्रचण्डले चितवनमा गरे मतदान

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् । उनले आफैंलाई भने मत दिन पाएनन् । उनी यसपछक रुकुम पूर्वबाट प्रतिनिधि […]

बालेन्द्र साहले गरे मतदान 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।  मतदान सकिए पछि साह अफ्नो निर्वाचन क्षेत्र झापा –५ पुग्ने छन् ।

मतदानपछि कुलमानले भने-जनताले विश्वास गरेर जित्छौं

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित्ने बताएका छन् । मतदान गरेपछि छोटो प्रतिक्रिया दिंदै उनले भने, ‘जनताले विश्वास गरेर हामीले जित्छौं ।’ उनले अहिलेसम्म निर्वाचनको अवस्था शान्तिपूर्ण नै रहेको प्रतिक्रिया दिएका छन् । तर, केही कतै पैसा बाँडेको भन्ने सुनेको र त्यो आफ्नै क्षेत्रमा पनि सुनिएको […]

साँखु जाने सडकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ । सशस्त्र प्रहरीको सुरक्षा बेस थलीबाट मोबाइल गस्तीमा खटिएका इनस्पेक्टर परशुराम थापा नेतृत्वको टोलीले शङ्कास्पद बस्तु देखेपछि सेनालाई खबर गरेका थिए । डिस्पोज गर्दा सो बस्तु बोरामा […]

रास्वपा सभापति लामिछानेद्वारा काठमाडौँ–३ महाँकालबाट मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका छन् । उनी चितवनमा उम्मेदवार छन् । उनले मतदान सुरु भएसँगै मतदान गरेका हुन् ।