मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

दोधारा चाँदनी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान गएिको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका १३२ वटा मतदान केन्द्रमध्ये ७९ मतदान केन्द्रमा सिसीटिभी क्यामेरा जडान गरिएको जानकारी दिए । त्यसैगरी यहाँका ६६ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ […]

देवघाटमा देखियो घडियाल गोही

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिए । मलामी गएका धेरैले गोही देखेका उनको भनाइ छ […]

जैमिनीमा कृषि सङ्कलन केन्द्र निर्माण

गलकोट ।  स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ । जैमिनी-३ को रु तीन लाख १२ हजार लागतमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको हो । दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत सामग्री सङ्कलन, बजारीकरण गर्नेलगायत उद्देश्यले भवन निर्माण गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । “हाम्रो उद्देश्य यहाँको […]

अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि सङ्घ र प्रदेशमा समन्वयकर्ता तोकेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका सङ्घका छ जना सङघमा र सातवटै प्रदेशमा सात जना समन्वयकर्ता तोकिएको बताए । उनका  अनुसार निर्वाचनमा […]

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन। इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुनःप्रयोग गरिएका पुराना तस्बिर, भिडियो गेमका दृश्यलाई क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरिएको सामग्री तथा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका युद्ध दृश्यहरूले सामाजिक सञ्जाल भरिएको छ । वि श्लेषकहरूका अनुसार जमिनमा भइरहेका घटनाभन्दा छिटो फैलिने यस्ता सामग्रीले कथानकको प्रतिस्पर्धालाई तीव्र बनाएको […]

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

तनहुँ।  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन् । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन […]

निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं । भोलि हुने प्रतिनिधिसभाको निर्वाचमा हेलिकप्टर गस्ती गर्ने भएको छ । आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो । सेनाको हेलिकप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकप्टरबाट पनि पेट्रोलिङ गर्ने गृह मन्त्रालयकी सहप्रवक्ता रमा आर्चाय सुवेदीले बताइन् । साथै हेलिकप्टरलाई स्टायण्ड बाइ राख्ने निर्णय पनि भएको छ । […]

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

वासिङ्टन। अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने साउदी अरब, साइप्रस र ओमानमा मिसनहरु छोड्न अनुमति दिएको छ । अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिदै विज्ञप्ति जारी […]

३ करोड माथिको घरजग्गा कारोबार लाइसेन्सप्राप्त कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था तत्काललाई स्थगित

काठमाडौं । महानगरपालिका तथा उपमहानगरपालिकाभित्र तीन करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गा किनबेच अब तत्कालका लागि पुरानै प्रक्रियाबाट हुने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले केही दिनअघि लागू गर्न खोजेको नयाँ प्रावधान कार्यान्वयन नगर्न मातहतका मालपोत कार्यालयहरूलाई निर्देशन दिएपछि यस्तो स्थिति बनेको हो। विभागले फागुन १९ गते जारी गरेको सूचनामार्फत यसअघि फागुन ८ गते गरिएको […]

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार÷चार जना स्वयंसेवकले सेवा प्रदान गर्ने छन् । साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ […]