मतदान हुने दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको हो । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा […]

फेब्रुअरीमा १ लाख ५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को फेब्रुअरी महिनामा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उत्साहजनक सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्याङ्क उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार उक्त महिनामा १ लाख ५ हजार ४ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले बढी हो । […]

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर । केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत […]

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि […]

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य […]

नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

निर्वाचनका लागि भारत र चीनसँगका सीमा नाकाहरु बन्द

काठमाडौं ।  बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको लागि सरकराले भारत र चीनसँगको सीमा नाकाहरु बन्द गरेको छ । निर्वाचन शान्तिपूर्ण तवरबाट सम्पन्न गर्नको लागि सरकारले भारत र चीनसँगका सीमा नाकाहरु बन्द गरेको हो । सोहि क्रममा गृह मन्त्रालयलसे सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमा नाका पनि सिल गरेको छ । भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र […]

रोबिन शेरचनकाे विशेष अपिल : असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गराैँ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् । मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया […]

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा जारी राख्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी निर्वाचन बिदा अवधिमा समेत बीमा सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदाका दिन पनि बीमा सेवा सम्बन्धी अत्यावश्यक कार्य संचालन हुने जानकारी दिएको छ। कम्पनीले यस अवधिमा सेवा लिन चाहने ग्राहकहरूका लागि आफ्नो सम्पर्क अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ। केन्द्रिय कार्यालयका अधिकारीहरू […]