ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा घट्यो, स्थायी निक्षेप सुविधाको ब्याजदर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा घटाएको छ भने स्थायी निक्षेप सुविधाको ब्याजदर स्थिर राखेको छ । सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले […]

राष्ट्र बैंकको दाबी : आन्दोलन र कृषिमा क्षतिको बाबजुद पनि अर्थतन्त्र बिग्रेको छैन, रेमिटेन्समा वृद्धि, मुद्रास्फीतिमा गिरावट

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक रहेको दाबी गरेको छ । सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै २०८२ भदौ २३ र २४ गतेको जेन जी आन्दोलन तथा असमान्य परिस्थितिले मानवीय र भौतिक सम्पत्तिमा क्षति पुगेको छ । वर्षेवाली लगाउने समयमा मनसुनमा आएको ढिलाइ […]

लघुवित्तबाट प्रवाह हुने कर्जाको अधिकतम सीमा बढ्यो, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिको भन्दा १ प्रतिशत विन्दुले कम गर्नु पर्ने व्यवस्था हट्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह हुने कर्जाको अघिकतम सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरेको छ । साथै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा […]

सुर्खेत र जाजरकोटका ३ निर्माण ठेक्का रद्द

काठमाडौं । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतले लामो समयदेखि अधूरै रहेका ३ निर्माण योजनाका ठेक्का रद्द गरेको छ। तोकिएको समयसिमा भित्र काम सम्पन्न नगर्ने, पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीबाट कामप्रति चासो नदेखिएको र निर्माण स्थलमै वर्षौँसम्म अनुपस्थित रहेको कारण ठेक्का अन्त्य गरी आर्थिक फरफारक प्रक्रियामा प्रवेश गरिएको हो। कार्यालयका अनुसार प्रसूति […]

सरकारले २६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दै

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २६ अर्ब ४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयले ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, १५ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने […]

घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन म्याद थप

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो । घर […]

आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१-०८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा गरेको हो। उक्त बोनसदर अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने बीमालेखहरूमा गत आवको लागि न्यूनतम […]

नयाँ बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१÷०८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम बोनसदर कायम गरेको हो । कम्पनीबाट मुनाफामा सरिक हुने अर्थात् बोनस आर्जन गर्ने गरी जारी गरिएका सबै बीमालेखहरूमा […]

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ  । सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका Visa / Masterमार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]