प्रभु बैंकका सीईओ शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ शेरचनलाई आइतबार पक्राउ गरेको हो। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा शेरचनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमान्डु चौथो जितपछि प्लेअफ नजिक

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेअफको सम्भावना बलियो बनाएको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै उसले अन्तिम ४ मा पुग्ने सम्भावना बलियो बनाएको हो । लिगमा चौथो जित हात पार्दै काठमानडूले ८ अंक जोडेरे अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यो सँगै उ प्लेअफ नजिक पुगेको छ […]

हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न

काठमाडौं । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन गरिएको छ। पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो। यस नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण […]

१ वर्षमा ३३ कम्पनीको ‘लकइन’ खुल्दै, कुनको कहिले ?  

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ३३ वटाको ‘लक इन’ अवधि १ वर्षभन्दा कम समयमा सकिंदैछ । तथ्यांक अनुसार ३३ मध्ये २७ वटा हाइड्रोपावर कम्पनीहरुको लकइन ३६५ दिन भन्दा कम समयमा सकिंदैछ । त्यसैगरी, ३ वटा सिमेन्ट साथै, होटल्स तथा पर्यटन, लगानी र अन्य समूहको एक-एक वटा कम्पनीको लक इन खुल्दैछ । हालको व्यवस्था अनुसार कुनै पनि […]

चिकित्सा शिक्षा आयोगको बैठकमा सिट निर्धारण सम्बन्धी छलफल

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको छ । बैठकमा शैक्षिक सत्र सन् २०२५/२६ स्नातकोत्तर तह तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटी सिट निर्धारण सम्बन्धी एजेन्डामा छलफल भएको छ । बैठकमा शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा सुधा गौतमलगायतको उपस्थिति रहेको थियो।

श्रीलङ्कामा बाढीको प्रकोपमा १५९ जनाको मृत्यु

कोलम्बो। श्रीलङ्काको राजधानी तथा देशभरिका धेरै भागमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १५९ पुगेको अधिकारीहरूले बताएका छन् । शक्तिशाली चक्रवात दितवाहबाट सुरु भएको प्रकोपपछि अहिले पनि राजधानी कोलम्बोका केही भागमा तीव्र रूपमा पानी बढिरहेको छ । विशेषगरी केलानी नदीको सतह निरन्तर उक्लिँदा उत्तरी क्षेत्र ठूलो बाढीको चपेटामा परेको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) […]

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौं ।  एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ। यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ । सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका Visa र Master card […]

विजय लघुवित्तले पायो एफपीओ बिक्रीको अनुमति

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ बिक्रीका लागि अनुमति प्रदान गरेको छ । संस्थालाई बोर्डले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धककको काम एनएमबि क्यापिटलले गर्नेछ ।

आफन्त र नाताबाटै महिलाहरू बढी यौनजन्य हिंसामा

काठमाडौँ । नेपाल प्रहरीको तथ्याङ्कले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ । प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको तथ्यपत्रबारे […]

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहएका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन । पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र […]