मध्यपूर्वमा द्वन्द चर्किँदा अन्तर्राष्ट्रिय बजारमा हलचल, तेल र ग्यासको भाउमा तीव्र वृद्धि
काठमाडौं । मध्यपूर्व क्षेत्रमा द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय कमोडिटी बजारमा तीव्र उतारचढाव देखिएको छ। क्षेत्रीय अस्थिरताका कारण ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने आशंकाले कच्चा तेल र ग्यासको मूल्य उल्लेखनीय रूपमा बढेको छ। बजार तथ्यांकअनुसार कच्चा तेल र ब्रेन्ट तेल दुवै ६ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। प्राकृतिक ग्यास, पेट्रोल र हिटिङ आयलमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। […]

