प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं । आज बसेको संबैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा पहिलो रोलक्रममा रहेका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको छ । संसदीय सुनुवाई समितिबाट पास  भएपछी राउतले आगामी २०८२ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् । राउत २०१७ चैत ६ मा उदयपुरमा जन्मिएका हुन् । प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम गरेको हो  । सम्मान कार्यक्रममा […]

राष्ट्र बैंकद्धारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था गरेको छ । बैंक खाता रोक्का र फुकुवा प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नियमावली २०८१ जारी भएको हो । यो विनियमावली मंगलबार देखि (असोज १गते ) लागू हुनेछ । यसअघि पनि बैंक खाता रोक्का र फुकुवासम्बन्धी […]

सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल

लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रीत रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको ७१औँ साधारणसभाको सोमबार बुटवलमा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र भरोसा सञ्चार भएको बताए । उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै […]

सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयो : सभापति  लामिछाने

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि भएको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले सो दाबी गरेका हुन् । “पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन […]

नक्कली विवाह, पुनर्विवाह, अंशबन्डाको सहकारी क्षेत्रमा बिगबिगी छ : सभापति थापा

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिका सभापति सूर्य थापाले नेपालका सहकारीले नक्कली विवाह, पुनर्विवाह, अंशबन्डाको बिगबिगी खेपिरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समितिले बनाएको प्रतिवेदन पेस गर्दै सभापति थापाले यस्तो बताएका हुन् । “सहकारी क्षेत्रले ‘फेक’ नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह, साधारणसभा, प्रतिवेदन, शेयर सदस्य, ऋणी, […]

५७ अंकले घट्यो नेप्से, करिब साढे ७ अर्ब मात्र कारोबार रकम

काठमाडौं । शेयर बजार सोमाबार पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेर ४६०.११ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से अरोलो लाग्दा कारोबार रकम समेत घटेको छ । सोमबार ३१२ वटा कम्पनीको १ करोड ७० […]

कुमारी बैंकले बिक्रीमा ल्यायो २४ लाख कित्ता संस्थापक शेयर

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल २४ लाख ३७ हजार ९४८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कुल कित्ता शेयरमध्ये कम्पनीले २४ लाख २२ हजार ५४८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । १५ हजार ४०० कित्ता शेयर खरिदका लागि भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन […]

सहकारी छानबिन समितिको प्रतिवेदनमा सम्पूर्ण सदस्यले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ । भाषा शुद्धीकरणसहितका विषयका कारण ढिला गरी प्रतिवेदनमा हस्ताक्षर भएको हो । समितिले २०० पृष्ठभन्दा लामो प्रतिवेदन तयार पारेको हो । समितिका सभापति सूर्य थापासहित सबै सदस्यको हस्ताक्षरसहितको प्रतिवेदन प्रतिनिधि सभामा सोमबार नै पेस गर्ने तयारी गरेका छन्। समितिले तीन महिनामा […]

सहकारीको रकम गोर्खा मिडियामा आएको हुदाँ रवि लामिछानेको संलग्नता देखियो : लेखनाथ दाहाल

काठमाडौं । सहकारी ठगी छानबिन संसदीय विशेष समितिका सदस्य लेखनाथ दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको ६५ करोड खर्च गर्ने क्रममा संलग्न देखिएको बताएका छन् । दाहालले गोर्खा मिडिया प्रालिमा आएको उक्त रकम खर्च गर्ने क्रममा संलग्न देखिएको उल्लेख गरे । दाहालले सहकारीबाट रकम ल्याउने क्रममा लामिछानेको संलग्नता नभएको र गोर्खा […]