निर्वाचन अघिको अन्तिम कारोबार दिन नेप्से ३८.५२ अंकले बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेको छ । बजार २७१२.४९ अंकम पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । ६१ हजार ३२९ पटक्को कारोबार हुँदा १ करोड ५१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ६ अर्ब २३ करोड ४३ लाख […]

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले […]

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म […]

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन […]

साउदी र कुवेतका अमेरिकी दूतावास बन्द, दूतावास सामान्य सञ्चालनमा फर्किएपछि सम्पर्क गर्ने

काठमाडौं । साउदी र कुवेतस्थित अमेरिकी दूतावास बन्द भएको छ । क्षेत्रीय तनावका कारण अर्को सूचना नभएसम्मका लागि दूतावास बन्द गरिएको हो । ‘हामीले सबै नियमित र आपतकालीन कन्सुलर भेटघाटहरू रद्द गरेका छौं । दूतावास सामान्य सञ्चालनमा फर्किएपछि हामी सम्पर्क गर्नेछौं,’ कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ । आइतबार कुवेतको एक बन्दरगाहमा […]

कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोक्दिएपछि युरोपेली ग्यासको मूल्यमा सोमबारदेखि वृद्धि भएको छ। युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्याँस सम्झौता’ अनुसार नै इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ यूरो भन्दा बढीमा […]

निर्वाचनलाई प्रभाव पार्ने गरी फेसबुकमा झुटो अफवाह फैलाउने युवक पक्राउ

सुनसरी । सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचनसम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा सुनसरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ठाकुरले रामचन्द्र ठाकुर नामको फेसबुक आईडी प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रत्यक्ष […]

निर्वाचन हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत उनले ‘निर्वाचन हुँदैन’ भनेर अफवाह फैलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर आइतबार साँझ काठमाडौं प्रहरीलाई बुझाएको हो । […]

फ्रान्सले युरोपलाई जोगाउन आणविक हतियार बढाउने

काठमाडौं । राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार फ्रान्सले आफ्ना परमाणु हतियारहरूको सङ्ख्या बढाउने र महाद्वीपको रक्षाका लागि आठ देशहरूसँग सहकार्य गर्ने बताउएका छन्। युक्रेन विरुद्ध रूसको युद्ध पाँचौं वर्षमा प्रवेश गरेको छ । नेटो सहयोगीहरू वाशिङ्गटनको डगमगाउने प्रतिबद्धताको बारेमा चिन्तित छन्। यसैबीच, आवश्यकताको सिद्धान्तमा जोड दिँदै फ्रान्सको इले लङ्गु आणविक पनडुब्बी शिविरबाट गरेको सम्बोधनमा म्याक्रोँले देशको […]

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने घोषणा

सोफिया। बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा भाग लिनका लागि गठबन्धन गरेको घोषणा गरेका छन्। उनको समूह पाँच वर्ष यता भएको आठौँ पटकसम्मको मतदानमा शीर्ष स्थानमा रहेको छ। डिसेम्बरको मध्यमा कन्जरभेटिभ नेतृत्वको सरकारलाई भ्रष्टाचार विरोधी प्रदर्शनले सत्ताबाट हटाएपछि नयाँ राजनीतिक अनिश्चितता निम्त्याएपछि अप्रिल १९ का लागि मतदानको मिति तोकिएको थियो । प्रदर्शनलाई […]